गोरखाको पालुङटार नगरपालिका कोरोनाका कारण बन्द

गोरखा । कोरोनाको जोखिम उच्च भएको भन्दै गोरखाको पालुङटार नगरपालिकाको कार्यालय र नगरपालिका भित्रका सबै वडा कार्यालयहरु बन्द गरिएको छ ।

नगरपालिकाको कार्यालयमा काम गर्ने १ जना कर्मचारीमा आज कोरोना संक्रमण पुष्टी भए संगै सबै कार्यालयहरु बन्द गरिएको हो । साथै नगरपालिकाले आजै देखी लागु हुने गरी पालिका भित्रका सबै बिद्यालय समेत बन्द गराएको छ ।

पालिकाले आज सूचना जारी गर्दै आसपासका क्षेत्र र नगरपालिका भित्रका कर्मचारीमा नै कोरोना संक्रमणको पुष्टि भएपछी संक्रमण अन्यत्र फैलन नदिन नगरपालिका भित्रका सबै वडा कार्यलयबाट प्रदान गरिने सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

त्यस्तै नगरपालिका भित्रका बिधालयहरु बाट सन्चालन हुँदै आएको मुल सिकाइ केन्द्र र सहायक सिकाइ केन्द्रबाट संचालन हुँदै आएको सिकाइ सहजीकरण पनि यहि कार्तिक ६ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

गोरखा नगरपालिकाको ६ नम्बर वडा कार्यालय समेत बन्द

यसै बिच गोरखा नगरपालिकाको वडा नम्बर ६ को कार्यालय समेत अनिश्चित कालका लागि बन्द गरिएको छ । वडा कार्यालयमा रहेको १ जना पुरुष कर्मचारीमा आज कोरोना संक्रमण पुष्टी भए संगै वडा कार्यालयय बन्द गरिएको हो ।

सदरमुकामको अफिस एरियामा रहेको उत्त वडा कार्यालयका अन्य कर्मचारीको आजै स्वाब संकलन गरिएको छ ।