समाजसेवी आकाश बन्जारा: जो चितवन स्थायी घर भई हङ्गकङ्गमा रहेर पनि नेपालीहरुको मनमुटुको ढुकढुकी बन्न सफल छन् ।

चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल हङ्गकङ्गमा ह्याण्डिक्राफ्ट व्यवसाय गर्दै आएका आकाश बन्जारा नेपालीहरुको मन मुटुको ढुकढुकी बन्न सफल भएका छन् । नेपालीहरुको समस्या र विपत्तिमा सहारा बन्दै आएका बन्जारा विगत एक दशकदेखि हङ्गकङ्गमा रही ह्याण्डिक्राफ्टको व्यवसाय गर्दै आएका छन् ।

ताइवान, भियतनाम, हङ्गकङ्ग र चीनलाई मुख्य आधार बनाई विश्व बजारभर व्यवसाय गरिरहेका ३८ वर्षीय बन्जाराले नेपालको काठमाडौँ, भारतको कलकत्ता र विभिन्न स्थानमा कार्यालयहरु मार्फत् १ सय ५० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी समेत दिइरहेका छन् । गोरखामा जन्मिई चितवनमा हुर्केर व्यवसायिक दौरानमा हङ्गकङ्ग पुगेका उनले विभिन्न क्षेत्रमा सहयोगहरु गर्दै आएका छन् । विभिन्न विपत्तिहरु, शैक्षिक संस्थाहरुमा सहयोग, बिरामीको उपचारको लागि आर्थिक सहयोग तथा विभिन्न संघ संस्थामा आश्रित हरुलाई खाद्यान्न सहयोगहरु समेत उनले गर्दै आइरहेका छन् ।

“आफू मध्यम परिवारमाजन्मेर पढ्ने समयमा पाएको दुःख र विभिन्न विपत्तिमा भएको भोगाइ सम्झिदैँ आफूलाई सामाजिक क्षेत्रमा लाग्ने उत्प्रेरणा मिलेको छ”, उनले भने ।

सिन्धुपाल्चोक, पहिरो पिडित, पोखराका अनाथ बालबालिका, विभिन्न जिल्लामा बाढीबाट ज्यान गुमाएका परिवार होस या ब्लड क्यान्सर पिडित अथवा आँखाको नानीको उपचार गर्न नपाएकि बालिका सबैको सहारा बनेका छन उनी ।

चितवनका अनाथ बालवालिका ,चितवनकै चेपाङ बस्तीका घरपरिवारलाई खाद्यान्न सहयोग गरेका बन्जराले हङ्गकङ्गमै नेपालीहरुलाई कोरोनाको सुुुरुआती अबस्थामा  २० हजार थान भन्दा बढी मास्क सहयोग गरे ।  श्री मा.वि. रेडक्रसग्राम कालिका ६ मा रु. १ लाख ५० हजार बराबरको कम्प्युटर सहयोग, रत्ननगर १५ माधवपुरको आधारभूत विद्यालयलाई रु. १ लाख ११ हजार १ सय ५१  रत्ननगरकै मस्जिदमा अध्ययनरत विद्यार्थीहरुका लागि कम्प्युटर सहयोग, गोरखाको महेन्द्र मा.वि. मा ५ थान पानी छान्ने फिल्टर सहयोग गरेका उनले चितवन र गोर्खाका विभिन्न स्कुलमा विद्यार्थी हरुका लागि न्यानो कपडाहरु सहयोग गर्दै आएका छन ।    बिपन्न र दीन दुखीको सहयोग गर्दा आत्मसन्तुष्टि हुने बन्जाराले हालसम्म लाखौं रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन । बिगत देखिनै उनले गोर्खा, चितवन र अन्य जिल्लाका गरि १३ जना बालबालिकाको सम्पूर्ण खर्च सहयोग गर्दै अध्ययन पनि गराउदै आएका छन ।