नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च, एकैदिन ५ हजार ८ जनामा संक्रमण पुष्टि

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण भेटिएको छ । बितेको २४ घण्टामा ५००८ संक्रमित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९३२० जनाको पीसीआर परीक्षण गर्दा ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२२९ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७०.२ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७४२५२ रहेको छ ।

यसैबीच, उपत्यकामा मात्रै २६७२ जना संक्रमित भएका छन् । काठमाडौंमा २१००, भक्तपुरमा २०३ ललितपुरमा ३६९ जना संक्रमित भए ।