मदन भण्डारी फाउन्डेसन खैरहनीको कार्य बिभाजन सम्पन्न

चितवन। गत असार ८ गते गठित मदन भण्डारी फाउन्डेसन खैरहनी नगर कमिटीको दोस्रो सचिवालय बैठक द्वारा पदाधिकारीहरु चयन गरेको छ । फाउन्डेसनका अध्यक्ष पुर्ण बहादुर डल्लाकोटिको अध्यक्षतामा एवं मदन भण्डारी फाउन्डेसन चितवनका संस्थापक अध्यक्ष एवं बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनितीक सल्लाहकार जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले सचिवालय सदस्यहरु मध्येबाट पदाधिकारी चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा स्वरुप सुयाल, दिपेन्द्र खरेल र शान्ति अधिकारी रहनु भएको छ । त्यसैगरि सचिवमा प्रेम केसि र कोषाध्यक्षमा शान्ति चौधरी रहनु भएको छ । त्यस्तै बैठकले नगर कमिटीको ९ सदस्यीय सल्लाहकार कमिटी समेत चयन गरेकोछ।
सल्लाहकार कमिटीको संयोजकमा मुकुन्दराज  दाहाल, सदस्यहरुमा अशोक रैला, वसन्त नेपाल, मुकुन्द दुवाडी, कमल न्यौपाने, ईन्द्रप्रसाद लामिछाने, भरत भण्डारी,  राजेन्द्रप्रसाद शिवाकोटी र श्याम कडेल रहनु भएको छ । साथै नगर सचिवालय कमिटी कुल ३३ सदस्यीय रहने निर्णय समेत गरेको छ । बैठकमा मदन भण्डारी फाउन्डेसन चितवन कमिटीका अध्यक्ष डा.तिलचन्द्र भट्टराई, जिल्ला सचिव श्याम बिष्ट, सह सचिव तिलकराज रिमाल, फाउन्डेसन जिल्ला कमिटीका सदस्यहरु कृष्णलाल चौधरी, शेखर शर्मा रेग्मी, किशोर बाबू पुरी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य प्रताप डल्लाकोटि लगायतको सहभागीता रहेको थियो। बैठकले समाजमा कोभिड १९ बाट पार्न सक्ने थप असरबाट सतर्क रहन र आ-आफ्नो स्थानबाट यस महामारी सतर्क रहन सबैलाई  अपिल समेत गरेको छ । कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि जग्गनाथ थपलियाले मुलुक अहिले मदन भण्डारीले देखाउनु भएको बाटोमा नै हिडिरहेको बताउदै मदन भण्डारीले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको बिचारलाई अनुसरण गर्दै रचनात्मक सामााजिक काम गरेर समाजलाई योगदान दिन आग्रह गरे । फाउन्डेसनका जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईले मदन भण्डारीको बिचारलाई सिरोपर गरेर आफ्नो नेतृत्वमा रहेको फाउन्डेसन सामाजिक संस्था मार्फत समाजको रुपान्तरण र सचेतनामा सबैलाई हातेमालो गर्न उनले आग्रह समेत गरे।