लोगो परिवर्तन गर्दै बागमती प्रदेश, उत्कृष्ट डिजाइन गर्नेलाई ३० हजार पुरस्कार

काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने तयारी गरेको छ । लिम्पियाधुरासहितको भूभाग समावेश गर्न साविकको लोगोमा परिवर्तन गरी नयाँ लोगो बनाउन लागिएको हो ।

नयाँ बनाउन लागिएको लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्ने प्रदेशसभा सचिवालयल जनाएको छ।

सचिवालयले बुधबार एक सूचना जारी गर्दै १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन सार्वजनिक आह्वान गरेको छ । उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ३० हजार पुरस्कार दिइने पनि घोषणा गरिएको छ ।