
काठमाडौं, २० असोज । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५९१ जना संक्रमित थपिएको जानकारी दिए । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।