अमेरिकी सरकारद्वारा कम्युनिष्टलाई पीआर र नागरिकता नदिने घोषणा

काठमाडौं । अमेरिकाले अबदेखि कम्युनिष्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने भएको छ । अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने गरी एक नीति नै सार्वजनिक गरेको हो ।

यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) ले शुक्रबार घोषणा गरेको यस सम्बन्धी नीति अनुसार सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुने प्रष्ट पारिएको छ ।

अमेरिकाले सार्वजनिक गरेको पछिल्लो नीति खासगरी चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण भइरहेको छ । यद्दपी यो कानुनले अबदेखि कुनै पनि मुलुकका कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पीआर तथा नागरिकता नपाउने निश्चित गरेको छ।

सार्वजनिक गरिएको घोषणामा रोजागारी, खाद्यान्न र बाँच्नका लागि आवश्यक कुनै कुरा प्राप्त गर्ने उदेश्यले मात्र कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रमाणित गर्न सक्नेलाई भने अपवादका रुपमा नागरिकता मात्रै भएपनि उपलब्ध गराइनेछ ।

यसअघि सन् १९५० मा पनि शीतयुद्धका क्रममा अमेरिकाले यस्तै नीति अगाडी सारेको थियो । विश्लेषकहरले अमेरिकामाथिको सुरक्षा खतरालाई सम्बोधन गर्न यस्तो कानून ल्याइएको अनुमान गरेका छन । एजेन्सीको सहयोगमा