प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोन भाइसको सङ्क्रमण पुष्टि भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जनाकारी दिनुभयो ।

पीसीआर परीक्षणका लागि उहाँहरु चारै जनाको शुक्रबार स्वाव संकलन गरिएको थियो । सञ्चारविज्ञ बजगाईको भने कोरोनो परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।