चितवनको कालिकामा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाले सामुदायिक बनहरुमा परेका प्रभावको बारेमा छलफल !

चितवन । राष्ट्रिय प्राथमिकता प्राप्त योजनाले सामुदायिक बनहरुमा परेका प्रभाव र सामुदायिक बनमा महिला सशक्तीकरण सम्बन्धि पैरवी कार्यक्रम आज सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ चितवन, हरियो बन कार्यक्रमको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि कालिका नगरपालिका वडा नंं. ७ का अध्यक्ष डिल्लीराम दवाडी रहेका थिए ।

चितवनको कालिका-७ स्थित उदयपुर सामुदायिक बनको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले स्थानिय सरकारले विभिन्न योजनाहरु तर्जुमा गर्दा  सामुदायिक बनहरु संग समन्वय नहुदा बन संरक्षण र जैविक विविधतामा असर भएको बताएका थिए । साथै स्थानिय सरकार बन संरक्षणमा समेत सचेत नभएको बताएका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरुले सामुदायिक बनहरु संग समन्वय हुन नसकेको भन्दै आगामी दिनमा समन्वय गरेर अगाडि बढने बताएका थिए । सामुदायिक बन  जिल्ला महासंघ चितवनका अध्यक्ष भरत प्रसाद ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर महासंघ कालिकाका उपाध्यक्ष जयलाल कंडेलले स्वागत मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा खगेरी सब डिभिजन बन कार्यालय कि सहायक बन अधिकृत सम्झना अधिकारी, कालिका नगरपालिकाका वडा अध्यक्षहरु बिनोद रेग्मी, टीकाराज रिजाल, नेपाल बार एसोसिएसन चितवनका सदस्य अजय कुमार तामाङ, नेपाल चेपाङ संघ कालिकाका अध्यक्ष कृष्णबहादुर चेपाङ, न्यायीक समिति कालिकाका अध्यक्ष शुदर्शन अधिकारी, जिल्ला महासंघ चितवन कि सचिब लक्ष्मी कार्की, विभिन्न सामुदायिक बनका अध्यक्षहरु तथा विभिन्न सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।