कोरोना सङ्क्रमणका कारण आज थप ११ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या पाँच सय २० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चार जना महिला र सात जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा भक्तपुरकी ६१ र ५१ बर्षीया महिला, काठमाडौकी ६७ बर्षीया महिला , र सुर्खेतकी ७५ बर्षीया महिलाको मृत्यु भएको हो भने मोरङका २७ बर्षीय पुरुष, ललितपुरका ३२ र ७० बर्षीय पुरुष, मकवानपरका ७८ बर्षीय पुरुष, रुपन्देहीका ६० बर्षीय पुरुष, र बाँके ५२, र ५९ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।