पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवनमा उपचाररत कोरोना संक्रमितको मृत्यु
शिशिर सिंखडा, चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ बर्षिय महिलाको मृत्यु भएको हो ।
ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना हुनुभएकी उहाँमा असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।