आईसीसीको वरीयतामा पर्ने सिता राना मगर एक्लो नेपाली महिला क्रिकेट खेलाडी

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपालकी उपकप्तान सिता राना मगरको वरीयता सुधार भएको छ ।

आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता तीन स्थान सुधार भएको हो । नयाँ वरीयतामा सिता ८५ औं स्थानमा रहेकी छिन् । सिता अघिल्लो वरीयतामा ८८ औं स्थानमा रहेकी थिइन् । सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् ।

यस अघि पूर्व कप्तान नेरी थापा बलिङतर्फको शीर्ष सय भित्र पर्दै आएकी थिइन् । तर, यस पटक उनी शीर्ष भित्र पर्न असफल भएकी छिन् । महिला टी–ट्वान्टी वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ ।