तीन विश्वविद्यालयमा उपकुलपतिहरू नियुक्त

काठमाडाैं, १५ असाेज । विश्वविद्यालय उपकुलपति नियुक्ति गर्न प्रमुख राजनीतिक दलहरूका बीच भाग बण्डा मिलेकाे छ ।

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री केपी ओली निकट यादव लामिछाने नियुक्त भएका छन् ।

कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट पुण्यप्रसाद रेग्मी नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।