नेपालमा थप १ एक हजार ५ सय ५९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । आज देशभर एक हजार ५ सय ५९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा .डा जागेश्वर गौतमले आज १२ हजार दुई सय पाँच जनामा गरिएको रियल टाईम पिसीआर परिक्षणमा ९ सय ७७ पुरुष र ५ सय ८२ महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै आज काठमाडौंमा ६ सय ९७, ललितपुरमा एक सय १२ र भक्तपुरमा ९३ जना सहित काठमाडौ उपत्यकामा ९ सय २ जना संक्रमित थपिएका छन ।

हालसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७ पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यस्तै आज थप १ हजार ५७ जना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५६ हजार चार सय २८ पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यस्तै आज थप ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

संक्रमणबाट आज काठमाडौमा ३ जना, सुनसरी, मोरङ, सप्तरी र रुपन्देही जिल्लाका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ७३ जिल्लामा २० हजार ८ सय ९१ जना संक्रिय संक्रमित रहेका छन् ।

संक्रिय संक्रमितहरु मध्ये १० हजार ८ सय ४ जना होम आइशोलेसन र १० हजार ८७ जना संस्थागत आईशोलेशनमा रहेको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यस्तैगरी गम्भीर लक्षण भएका २ सय एक संक्रमितको आइसीयू तथा ३० जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयले विभिन्न आठ प्रयोगशालाहरुले कोरोना संक्रमणको परिक्षण शुल्क बढी लिएको पाइएकाले २४ घण्टाभित्र तोकिएको शुल्क समायोजन गर्न दिर्नेशन गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले गुणस्तर मापन तथा नियमन महाशाखाको प्रतिवेदन अनुसार ह्याम्स अस्पताल, डिकोर ल्याव, इन्टीपेर ल्याव, सुर्य हेल्थ केयर, स्टार, बि एण्ड वि, नेपाल मेडिसिटि अस्पतालले कोरोना संक्रमण परिक्षणका लागि तोकिएको भन्दा बढी शुल्क लिएको पाइएकाले २४ घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरेमा परीक्षण स्वीकृति खारेजका लागि निर्देशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै ६० वर्ष पुगेका वृद्धावृद्ध, मधुमेह, क्यान्सर, डायलायशिसका बिरामीलाई घरबाट ननिस्कन र विशेष सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।