भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक ५५ वर्षिय पुरुषको आज सोमबार मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ का ती पुरुको दिउँसो १ः२० बजे मृत्यु भएको हो । मृगौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।