पूर्व जनमुक्ति सेना संघ नेपाल चितवनद्वारा जन युद्धका घाइतेको उपचारका लागि आर्थिक सहयोग

चितवन । समाज रुपान्तरण तथा ब्यबस्था परिवर्तनमा ऐतिहासिक भुमिका निर्वाह गरेका तत्कालीन जनमुक्ति सेनाका याेध्दाहरु अहिले सरकार र पाटीले सहि ब्यबस्थापन नगर्दा लडाइँको क्रममा लागेकाे गाेली बमका छर्राले दुख दिदा समस्यामा पर्न थालेका छन् । तत्कालीन समयमा चितवनको शक्तिखाेर ब्यारेकबाट बाहिरिएका सिन्धुपाल्चोकका कम्पनी कमान्डर नैन बहादुर तामाङ (जमिन) मुखमा लागेकाे गाेलीका कारण अहिले क्यान्सर संग जुधिरहेका छन । त्यसै गरि काभ्रेका भक्त रानामगर प्यारालाईसिस भएर थलिएका छन । कालिकोटका नरेन्द्र बाेहाेरा दुबै मृगौला फेल भई भक्तपुर अस्पतालमा डायलिसस गराई जीवन मरणकाे लडाइँ लडिरहेका छन ।

नेपाल सरकार तथा पार्टी बाट केही पनि सहयोग नभए पछी पूर्व जनमुक्ति सेना संघ नेपाल, चितवन जिल्लाको सक्रितामा बिरामी साथीहरू बचाउनका लागि चितवनमा रहेका जनमुक्ति सेनाहरु , जनमुक्ति सेनालाई माया गर्ने पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक हरुसंग सहयाेग संकलन गरि पूर्व जनमुक्ति सेना संघ, चितवनका जिल्ला अध्यक्ष देवी प्रसाद ढकाल (रवीन्द्र) काे नेतृत्वमा गएको समुुुहले नैन बहादुर तामाङ क. जमिनलाई उहाँको उपचाररत धुलिखेल अस्पतालमा पुगी उपचारको लागि रु. ५० हजार आर्थिक सहयोग गरिएको छ । त्यसै गरी पूर्व जनमुक्ति सेना नेपालको सेक्सन कमान्डर काभ्रे स्थायी निवासी क. भक्त राना मगरको विभिन्न लडाइँमा बम लागि  घाइते भएका र हाल प्यारालाइसिस भै उपचारारत हुनुहुन्छ । उहाको उपचार सहयोगको लागि पनि पूर्व जनमुक्ति सेना संघ नेपालको चितवन जिल्लाको सक्रितामा संघका जिल्ला अध्यक्ष देवी प्रसाद ढकाल (रवीन्द्र) ले आज नै क. भक्तको उपचारको लागि उहाँको निवासमा पुगी  उपचारको लागि रु. ५० हजार आर्थिक सहयोग गरेकाे छ । साथै नरेन्द्र बोहोरा (क. अभियान ) को उपचारको लागि पनि ३५ हजार आर्थिक सहयोग गरेकाे छ ।