नेपालमा कोरोनाका कारण थप १७ जनाको मृत्यु, मृतक संख्या ४५३ पुग्यो

काठमाडौं, असोज ८। कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १७ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ५ महिला र १२ जना पुरुष सहित १७ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत हो