चितवनमा एकैदिन अहिले सम्मकै धेरै १४३ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् । चितवन मेडिकल कलेज र भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवनका १२९ जना चितवन बाहिरका १४ जना रहेका छन् ।
चितवनका सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जना रहेका छन् । जसमध्ये वडा नं.१४ का मात्रै ४५ जना रहेका छन् । भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २,२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् ।
यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एक,एक जना रहेका छन् ।