पहिरोले पुरिएर ७ महिने शिशुको मृत्यू

धनकुटा । निरन्तर वर्षातको कारण झरेको पहिरोले पुरिएर धनकुटाको माहालक्ष्मी नगरपालिका वडा नं ९ तल्लो सिरिसेमा एक बचीको मृत्यू भएको छ ।

हिजो दिउँसो खसेको पहिरोले त्याहाँका धनबहादुर आङलाको घर पुर्दा उहाकी ७ महिनाकी बच्चीको पुरिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

जुम्ल्याहा दुइ बच्ची मध्ये एक जनालाई आमाले भगाएर वचाउन सफल भएको तर एक जनाको मृत्यू भएको प्रहरीको भनाइछ । पहिरोले धनबहादुर आङला समेत घाइते भएको छ । file pic