राजपा चितवनद्वारा आजको संविधान दिवसलाई कालो दिन भन्दै बिज्ञप्ती जारी 

चितवन । राष्ट्रिय जनता पार्टी नेपाल चितवनले आज एक बिज्ञप्ती जारी गरि आजको दिनलाई कालो दिन भएको बताएको छ । पार्टी जिल्ला अध्यक्ष एलिमा मिया र सचिब हिरालाल थिङद्वारा आज जारी बिज्ञप्तीमा मधेसी, आदिवासी तथा पिछडिएकाे बर्गका जनताको  हित बिपरित संविधान बनेको भन्दै आजको दिनलाई कालो दिनको रूपमा लिएको सो बिज्ञप्तीमा जनाइएको छ । राष्ट्रिय जनता पार्टी नेपाल चितवनको आज बसेको बैठकले आजको दिनलाई कालो दिवसको रूपमा मनाउने निर्णय भएको राष्ट्रिय जनता पार्टी नेपाल चितवन द्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।