कालिकाका एकै परिवारका २ बर्षीय बालक र ४ बर्षीया बालिका सहित ९ जनामा कोरोना पुष्टी

चितवन । पुर्बी चितवनको कालिका नगरपालिका वडा नं ८, चिसापानीका एकै परिवारका २ बर्षीय बालक र ४ बर्षीया बालिका सहित ९ जनामा कोरोना पुष्टी भएको छ । सो परिवारमा १५ जना रहेकोमा ६ जनाको यस अगाडी गरिएको कोरोना परिक्षणमा नेगेटिभ आएको कालिका  नगरपालिकाका स्वास्थ शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिनु भयो। उहाँका अनुसार सो परिवार सङ सम्पर्कमा आएकाहरुको आजै ट्रेेसिङ गरिने समेत बताउनु भयो । संक्रमित हुनेहरुमा सो परिवारका २ बर्षीय बालक र, १३, २५, २७ र ४६ बर्षका पुरुषमा तथा ४ बर्षीया बालिका सहित  १५, २३ र ४१ बर्षका महिला रहेका छन । उनीहरु सबैको स्वास्थ अबस्था सामान्य रहेको छ ।