एसओएस बालग्रामका बिध्यार्थीहरुबाट संकलित रकमबाट रत्ननगरको सालघारीमा राहत वितरण

रत्ननगर । नगरपालिका १२ नं.वडा सालघारी स्थित सुकुम्बासी बस्तीमा आज राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्माको विशेष पहलकदमीमा राहत वितरण गरिएको थियो । एसओएस बालग्राम भरतपुर चितवनमा अध्ययनरत बिध्यार्थीहरुबाट संकलित रकमबाट १० बोरा चामल, तेल, दाल, चना लगायतका खाधान्य सामाग्रीहरु खरीद गरी रोजगारविहिन अति विपन्न सुकुम्बासीको परिवारलाई वितरण गरिएको हो ।

एसओएस बालग्राम भरतपुर चितवनका नायव निर्देशक राजेन्द्र लम्साल लगायत रत्ननगर नगरपालिका वडा नं. १२ का अध्यक्ष वीर बहादुर पाख्रीन र केन्द्रका अध्यक्ष शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । एसओएस बालग्रामका नायव निर्देशक लम्सालले बिगतका समय देखि देशको संगीन अवस्थामा यस्तै सेवा प्रदान गर्दै आएको यस शैक्षिक संस्थाले आगामी दिनमा पनि यस्तै सेवामुलक कार्यमा अघि बढिरहने कुरा बताउनुभयो । केन्द्रका अध्यक्ष शर्माले बेरोजगारका कारण भोको पेट नै बस्नु पर्ने विपन्न परिवारको लागि खाधान्न सामाग्रीको आवश्यक रहेको बारेमा अनुरोध गरेपछी सो राहत उपलब्ध भएको थियो ।

हालसम्म लकडाउन अवधी भर चेपाङ संरक्षण केन्द्रका अध्यक्ष शर्माले ३६ सय बोरा चामल लगायत दाल, तेल, नुन जस्ता सामाग्रीहरु वितरण गरिसक्नुभएको छ ।