नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध

मुग्लिन, २६ भदौ
अविरल बर्षा सगैँ खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलो डाडा नजिकै आज बिहान ८ बजे पहिरो खसेका कारण मुग्लिन-नारायणगढ सडक दुइतर्फि अवरुद्ध भएको हो।
पहिरो हटाएर अवरुद्ध सडक सुचारु गराउने प्रयास भैरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले बताउनुभयो। प्रहरीका अनुसार पहिरो हटाइ राजमार्ग सुचारु गराउन करिब २ घण्टा जति लाग्नेछ।