नेपालमा २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ जना

काठमाडौँ, २५ भदौ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ३ सय १७ पुगेको छ ।

बिहीबार देशभर थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ८ सय १८ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

छिल्लो २४ घण्टामा नेपालमा १ हजार २४६ जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेशनल अपडेटमार्फत दिएको जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन्  ।

यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । भेन्टिलेटरमा २१ जना र आईसीयूमा १५९ जना छन् ।

यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ