चितवनको कालिका सब- डिभिजन बन कार्यालय नजिकै अज्ञात समुहद्वारा ठुलो संख्यामा रुख कटान 

चितवन । पुर्बी चितवनको कालिका नगरपालिकामा रहेको उदयपुर सामुदायिक बनमा कोरोना संक्रमणको मौका छोपी अज्ञात समुहद्वारा गएराति ठुलो संख्यामा रुख कटान गरेको पाइएको छ ।
सामुदायिक बनको शक्तिखोर क्षेत्र अन्तरगत गैरीबारीको मन्दिर नजिकैको डुम्रीघोल वरपर सालका १६ वटा र बुरधाइरोको २ वटा रुख कटान भएको पाइएको बन समुहका उपाध्यक्ष शुदर्शन अधिकारीले जानकारी दिनु भयो । सो रुख कटानी भएको क्षेत्र नजिकै बन कार्यालय रहेको छ ।
कालिका सब- डिभिजन बन कार्यालय नजिकै  गैरीवारि गाउँ जाने मुल बाटोको छेेउमै सो रुख काटिनु संकास्पद रहेको सामुदायिक बनका अध्यक्ष केशव लामाले बताउनु भयो । सो सम्बन्धमा जिल्ला बन कार्यालयमा जानकारी गराएको र सो घटनाको तत्काल छानबिन थालीने उहाले बताउनु भयो ।