काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाईने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले परिस्थितिको मूल्यांकन गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने, सामाजिक दूरी कायम गर्ने, गराउनेमा आफै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।

बैठकको निर्णयअनुसार भोलीेबाट निजी तथा सार्वजनिक सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् ।