नेपाली काँग्रेसले बीपीको बाटो बिराएको छैनः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बिपीको बाटो नबिराएको बताउनु भएको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औ जन्मजयन्त्रीका अवसरमा आज आयोजित भर्चुअल बिचार गोष्ठीमा सभापति देउवाले बिपीलाई सानो देशको ठुलो नेताका रुपमा स्मरण गर्नुहुदैं उहाँले अवलम्बन गरेको सिद्धान्त र देखाएको बाटोमा हिडिरहेको बताउनुभयो ।

सभापति देउवाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका पीसीआर परिक्षण र आइसोलेसन सेन्टरको दायरा नबढाएको आरोप लगाउनु भयो ।

उहाँले कोरोनाको प्रभावले काँग्रेसको १४ औ महाधिवेशन पूर्वनिर्धारित समयमा गर्न नसकिएपनि पार्टीभित्र छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

गेष्ठीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई समयक्रम अनुसार सञ्चालन गर्ने नेतृत्वको आवश्यक रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले वीपी कोइरालाले अवलम्बन गरेको मेलमिलापको नीति अनुशरण गर्दै पार्टीभित्र त्यागको भावना विकास भए आन्तरिक समस्या हल हुदै जाने बताउनुभयो ।