टाउकोमा दुईवटा गोली लागेको अबस्थामा चितवन निकुञ्ज भित्र मृत गैडा भेटियो

चितवन । टाउकोमा दुईवटा गोली लागेको अबस्थामा चितवन राष्ट्रिय निकुञ्ज भित्र एक सिंगे मृत गैडा फेला परेको छ ।

निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

उक्त मृत गैडा भदौ २१ गते नै भेटिएको थियो । तर निकुञ्ज प्रशासनले मंगलबार मात्रै सार्वजनिक गर्यो। मृत गैंडाको खाग र खुर भने सुरक्षित छ।

सिकारीले गोली हनेर भागेको हुनसक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चार वटा गैंडा मरेका छन् ।