भारतमा कोरोना संक्रमण: एकैदिन ७५ हजार संक्रमित, मृत्यु हुनेको संख्या ७२ हजार नाघ्यो

काठमाडौं, २३ भदौ । कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । मंगलबार यो समाचार तयार पार्दा सम्म भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम गरेको भारतमा मंगलबार भने संक्रमित संख्या केही घटेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या ७५ हजार २२ जना पुगेको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३३ लाख २१ हजार ४२० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ३४८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७२ हजार ८१६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।