अयोध्यापुरी र कथित बुद्धिजीवी महोदय हरुको बर्बराहाट !

गणेश बाबु घिमिरे, चितवन ।  प्रधानमन्त्री केपी शर्मा ओलिले ओझेलम परेको माडी उपत्यकालाई संसारको धार्मिक पर्यटकीय नगरी बनाउन खेलेको भुमिका आफैमा बिशिष्ट स्तरको छ। यसले माडीको समग्र बिकासको लागि मात्र नभई चितवन, पर्सा, नवलपरासी र तनहुँको देवघाट समेतलाई समेटने गरि एउटा धार्मिक पर्यटन केन्द्रको रुपमा त जोडनेनै छ भने साँस्कृतिक अतिक्रमणको सिकार बनेको नेपाल र सारा संसार भरिका हिन्दु धर्मावलम्बीहरु र संस्कृती प्रेमीहरुको लागि न्याय गरेको छ।

अहिले यो कोभिडको विषम परिस्थितिमा पनि केही समय अघि जनताका प्रतिनिधिहरुलाई काठमाडौ बोलाएर गरेको योजना मागको छलफल आफैमा एउटा स्पष्ट रोडम्याप थियो। तर केही मान्छेहरु जो आफूलाई बौद्धिक हुँ भन्न रुचाउने गर्छन् उनिहरुको शब्दजाल, बर्बराहाट सामाजिक संजालमा यदाकदा अलि पृथक ढंगले देखिने गरेको छ। यिनिहरुको शब्दजालले कसैलाई दुत्कार्दैमा मानिस महान हुन सक्दैन। महान मानिस हुन त विगतमा गरेको काम र व्यवहारको मूल्याङ्कनका आधारमा हुन्छ । अयोध्याका र राम मन्दिर निर्माणको बिषयमा भारतमै राम जन्मभुमी हो र होइन भन्नेमा ठुलो बिबाद छ। सन १९९२ मा यही बिषयले अयोध्यामा रक्तपातपूर्ण धार्मिक लडाईं भएको थियो । प्रधानमन्त्रीले भानु जन्म जयन्तीको अबसरमा राम जन्मभूमिबारे दिएको वक्तब्य माइती पक्ष जनकपुरले स्वीकार गरेन भन्ने ती कथित विद्धान महोदयले सन १९९२ मा अयोध्यामा भएको त्यो रक्तपातपुर्ण धार्मिक द्वन्दको कुरा चाहिँ किन बिर्से कुन्नि ?

हिजो सोमेश्वर गढीमा करोडौंको गुरुयोजना सहित सरकारको लगानीमा धार्मिक मुर्तिहरु बनाउदा तिनिहरुको भौतिक वाद कता थियो कुन्नि ? त्यति बेला त्यो चेपाङ बस्ती र उनिहरुका मुद्दा किन जोडिएन ? तिनिहरुको भौतिकवाद र अन्य बिकास योजना किन अगाडी आएन ? अयोध्यापुरीमा राममन्दिर बन्ने बिषयमा भने हरेक पक्ष जोडिन आएका छन भने अब यस क्षेत्रका जनताले यिनिहरुको सिद्धान्तलाई कसरी बुझ्ने ?

प्रधानमन्त्रीले देखाउनु भएको राम मन्दिर निर्माण र त्यससँगै जोडिने पुर्वाधार निर्माणले समग्र माडीको बिकास गर्ने योजना प्रती विश्वस्त भएका जनप्रतिनिधिहरु सहित अगुवा राजनीतिज्ञको साथलाई माडी बासी जनताको पुर्ण साथ र समर्थन छ। तर अहिले विभिन्न स्वार्थ समुह जो माडीका स्थानीय पनि होइनन् यिनिहरुनै हुन जो जनप्रतिनिधिहरुको यो कार्यलाई समेत चुनौती दिने ढंगले कुरा गर्दैछन। निजी विद्यालय सञ्चालन गरेर समाजवादको यात्रा गर्छु भन्नेहरु अनि काठमाडौं बसेर दुर्गममा एन जि ओ को खेती गर्दै बोटे, माझी, मुसहरका नाममा आफैंले कमाउने साथै विद्वान हुँ भन्दै चर्का कुरा गर्नेहरुको दम्भ, हुन्कार यसमा अल्लि बढी देखिन्छ।

यी कथित विद्धान मोह्दयहरुलाई बिकासको पुर्बाधार निर्माणमा सघाउ पु¥याउने पुर्वसर्त जस्तै मानिने ऐतिहासिक, पौराणिक, पुरातात्विक तथ्य, वस्तु, स्थान त देशका सम्पत्ति हुन । यसमा विवाद गर्नु हुदैन भन्ने कुरा यिनका लेन्डुपहरुले कहिले जानकारी दिने हुन त्यो त थाह भएन, तर पनि राजनीतिक गुटको आवरणमा आफ्नो धारणा बनाएर माडीको यो समग्र बिकासको अबसरलाई चुनौती दिन खोज्ने र माडीको सवालमा गोहिको आँसु झार्ने पात्र, प्रवृत्तिलाई तपाइँ, हामी माडीका भबिस्यले आगामी दिनहरुमा हुने लोकतान्त्रिक विधि र प्रक्रियाबाट निरुत्साहित हुने गरि मुल्यांकन गर्नु जरुरी छ ।