भोलिबाट सोह्रश्राद्ध शुरु: यस्तो छ ब्राह्मणहरुको धारणा ! कोरोनामा सोह्रश्राद्ध कसरी गर्ने ?

चितवन । भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध आरम्भ हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्य भन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ। तर, कोरोना भाईरसका कारण देशका विभिन्न स्थानमा लकडाउन जारी रहेको संक्रमणको दर बढेको र भेटघाटको समय नरहेकोले यस्तो अवस्थामा कसरी सोह्रश्राद्ध गर्ने ?

यजमानहरू अलमलमा परेका छन्। कतिपयले सोह्र श्राद्धलाई अनलाईन मार्फत गर्न सकिने धारणा राखेका छन भने कतिपयले अनलाइन श्राद्ध ब्यवहारिक हुन नसक्ने बताएका छन । यजमानहरू मात्र होइन, धार्मिक विद्वान्हरू पनि यसमा चिन्तित छन्। कतिपयको राय भर्चुअल (अनलाइन) श्राद्ध गर्नेछ। कतिपय ब्राह्मण सामुन्ने भएरै गर्नुपर्ने पक्षमा छन्।

नेपाल ज्यौतिष परिषद प्रदेश ३ को उपमहासचिव रत्ननगरको जयमङलाका ज्योतिष  प्रेमनान्द सापकोटाले अनलाईनका माध्यमबाट सोह्र श्राद्ध गराउने कुरा व्यबहारिक नभएको बताउनु भयो । कोरोना माहामारीका कारण सबै यजमानकहाँ ब्राह्मणहरु पुुग्न सक्ने स्थिति नभएको भन्दै सापकोटाले सिधा उठाएर नदीमा सेलाउन सक्ने विकल्प दिनुुभयो ।

प्राण रक्षा गर्ने कुरा शास्त्रमा उल्लेख भएको भन्दै उहाँले दिनानुुदिन कोरोना संक्रमण बढेकोले स्वयमं कर्ताले पितृहरुको स्मरण गर्दै मौलिक भाषामा कर्मकाण्ड गर्न सकिने बताउनुु भयो ।उहाँका अनुसार सोह्र श्राद्धको यो समयमा अर्थात् भदौभरि सिंह राशिमा सूर्य रहन्छन्। असोज पुरुषोत्तम मास छ, शास्त्रअनुसार श्राद्ध गर्नु हुँदैन। ‘त्यसैले शास्त्रले दिएका विकल्पअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ’, उहाँले भन्नुुभयो ‘त्यो बेला पनि समय असहज भए तिहारे औंसीमा र त्यति बेला पनि नभए मंसिर लाग्ने संक्रान्तिअघि गर्न मिल्छ।’

चितवनमा विगत २० वर्षदेखि कर्मकाण्ड गराउँदै आउनुभएका भरतपुर महानगरपालिका वडा नं. ८ का ज्योतिष ब्राह्मण खेमराज ढकालले अनलाईनका माध्यमबाट सोह्र श्राद्ध गराउन सम्भव नभएको बताउँदै सोह्र श्राद्ध गराउन अनिवार्य रुपमा ब्राह्मणको उपस्थिति हुनुुपर्ने बताउनुु भयो ।ढकालले भन्नुुभयो, कर्मकाण्ड गराउँदा पिण्डको अनिवार्य पुुजा गराउनुपर्छ फल फल प्राप्तीका लागि अनिवार्य ब्राह्मण हुुनैपर्छ । कर्ताहरुले बोलाएको खण्डमा सामाजिक दुरी कायम गरेर पुुजा सम्पन्न गर्न सकिने उँहाको धारणा छ । कर्ताहरुका घर घरमा ब्राह्मण पुुग्न नसके सिदा उठाएर राखेर पनि पितृको उद्धार गर्न सकिने बताउनुुभयो ।

देवघाटधाममा लामो समयदेखि ज्योतिषीको रुपमा काम गर्दै आउनुभएका चुुडामणी सापकोटाले स्वास्थ्यको नियमको पुर्ण पालना गर्दै समाजिक दुरी कायम गरेर सोह्रश्राद्ध गराउनुपर्ने धारणा राख्नुुभयो ।सोह्र श्राद्ध गराउँदा ब्राह्मणलाई टिका नलाउने, पटक पटक धात हुने जस्ता कार्य गर्दै कर्मकाण्ड गर्न सकिने विचार राख्नुुभयो ।