चितवन मेडिकल कलेज भरतपुरमामा कोरोनाबाट आज साँझ थप एक पुरुषको मृत्यु

चितवन । चितवनमा आज (शनिबार) साँझ थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमामा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया भएर भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा राखेर उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज दिउँसो कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो । यसअघि आज विहान चितवन मेडिकल कलेजमै बाराका एक महिलाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।