चितवनमा आज एकैदिन ७३ जनामा कोरोना संक्रमण

भरतपुर । चितवनका थप ६१ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नयाँ मेडिकल कलेजले आज साँझ सार्वजनिक गरेको विवरण अनुसार चितवनका ६१ जनामा कोरोना स‌ंक्रमण देखिएको हो ।भरतपुरका २२ जना , राप्ती ८ मा १ जना, रत्ननगरका ३८ जना छन् । भरतपुर २ मा १ जना, ४ मा १५ जना, ६ मा १ जना, १० मा २ जना, १४ मा १ जना, १९ मा १ जना, २८ मा १ जना छन् । रत्ननगरको ४ मा ३७ जना र १० मा १ जना संक्रमित पहिचान भएका छन् ।