भोलिबाट संचालनमा आउने बागेश्वरी आइसोलेसनको नेपाल चिकित्सक संघ चितवनद्वारा अनुगमन

चितवन । चितवनका कोरोना संक्रमितहरुलाई उपचारका लागि राखिने बागेश्वरी आइसोलेसनको आज नेपाल चिकित्सक संघ चितवनले अनुगमन गरेको छ । भोलिबाट संचालनमा आउने सो योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, बागेश्वरीमा चितवनका कोरोना संक्रमितहरुलाई राखी उपचार गरिने छ । संघले भोलिबाट संचालनमा आउने सो आइसोलेसनको आज अनुगमन गरेको र त्यहा आवश्यक पर्ने प्राविधिक सहयोग संघको तर्फबाट पनि उपलब्ध गराउने नेपाल चिकित्सक संघ चितवनका सह–सचिव वरिष्ठ फिजिसियन डा. महेन्द्र कुमार अग्रहरीले जानकारी दिए । भरतपुर महानगरपालिकाद्वारा संचालित हुने सो आइसोलेसनमा भोलि आइतबारबाट बिरामीहरु राखिने बताइएको छ ।