नेपालमा एकैदिन थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २ सय नाघ्यो

काठमाडौँ, १३ भदौ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक महिलासहित १२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

मृतकमध्ये ३ महिला र ९ पुरुष रहेका छन् । मृत्यु हुनेमा काठमाडौँ, भक्तपुर, पाल्पाका एक एक जना महिला रहेका छन् । त्यस्तै, पर्सा र ललितपुरका २ २ जना र सिराहा, गोरखा, कास्की, काठमाडौँ र भक्तपुरका १ १ जना पुरुषको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ सय ७ जना पुगेको छ ।

शनिबार देशभर थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३ सय १३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।