चितवनमा थप १५ जनामा कारोना पुष्टि, संक्रमित ५२४ पुगे

चितवन,भदौं १३ । चितवनका थप १५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणका क्रममा भरतपुरका १४ र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै मकवानपुरका १ जना,गोरखाका २,नवलपुरका १,सप्तरीका २,दैलेख,गुल्मी,बारा,सुर्खेत र मोरङका १/१ जनामा कोरोना पुष्टि भएको छ ।

भदौं १२ गते गरिएका २७५ नमुना मध्य २६ वटा नमुनाको कोरोना पाजेटिभ देखिएको हो । भरतपुरका ८ पुरुष र ६ महिला छन् भने रत्ननगरका १ महिला हुन् । उनिहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । यो संगै चितवनमा कुल संक्रमितको संख्या ५२४ पुगेको छ ।

600Shares
facebook sharing button Share
twitter sharing button Tweet