नेपालमा एकै दिन थप १ हजार १११ मा कोरोना पुष्टि, संक्रमितको संख्या साढे ३५ हजार

काठमाडौँ, ११ भदौ । नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ५ सय ६९ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ ।

हाल देशभर १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण भएको थियो । यससँगै हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ ।