संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक गर्यो ६० सहसचिवको सरुवा : को कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैँ । सरकारले ६० सहसचिवको एकै पटक सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एकै पटक ६० सहसचिवको सरूवाको निर्णय गरेको हो । सरूवाको सूची अनुसार कोभिड १९ को रोकथाम र नियन्त्रणमा नेतृत्वदायी भूमिका खेलिरहेको स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सुदरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरूवा भएका छन ।

विष्टको स्थानमा स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा हेर्ने गरी प्रदेश १ को आर्थिक मामिला मन्त्रालयबाट दामोदर रेग्मी आएका छन । त्यस्तै प्रदेश २ को आर्थिक मामिला मन्त्रालयका कृष्णहरि पुष्कर गृह मन्त्रालयमा सरूवा भएका छन । सरूवा भएका सहसचिवहरूको सूची तल हेर्न सक्नुहुन्छ ।