नेपालमा कोरोनाका कारण एकैदिन ८ को मृत्यु, थपिए ७४३ कोरोना संक्रमित

काठमाडौँ, ८ भदौ । नेपालमा थप ७ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ सय ७५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।

हाल देशभर १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ३४ जनाको पीसीआर परीक्षण भएको थियो ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ सय ५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।