प्रचलित :

काठमाडौँ, ६ भदौ – हिन्दु नारीहरुको महान चाड तीज यसपाली सामान्य तरिकामै बितेको छ । कोरोना महामारीको कारण सरकारबाट पनि सामान्य तरिकामा घरमै रहेर तीज मनाउन भनिएको थियो र उक्त कुरालाई ध्यानमा राख्दै नेपाली नारीहरुले तीज मनाएका छन् ।

नेपाली अभिनेत्रीहरुको तीज कस्तो भयो त ? हेरौँ तस्बिरमा ।

अभिनेत्री वर्षा राउतले हिन्दु नारिहरुको महान चाड हरितालिका तिज २०७७ को पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने दिदी बहिनि तथा दाजु भाइहरुमा तिजको हार्दिक शुभ कामना र खुशी हुन श्रीमानको माया र साथ नै काफी हुन्छ भन्दै तस्बिर सेयर गरेकी छन् ।

अभिनेत्री आँचल शर्माले विवाह पश्चात मेरो पहिलो तीज भन्दै आफनो र उदिपको तस्बिर सेयर गरेकी छन् ।

त्यस्तै अभिनेत्री प्रियंका कार्कीले रविना मामुले मायाले दिनु भएको सारी, रक्षा मामुले दिनु भएको मेरो घाटीको हार, नुनुले दिनुभएको चुरा र मेरो मायाले हालीदिएको सिंदुर र पोतेमा सजिएकी म । तीजको रहर आयो बरि लै । भन्दै तस्बिर सेयर गरेकी छन् ।

त्यस्तै अर्कि अभिनेत्री केकी अधिकारीले समाज, संस्कार र सम्बन्धको नाममा आफ्नो सपनाको आहुती दिन नपरोस् । हरितालिका तीजको सम्पूर्ण महिलाहरुमा उर्जाशील शुभकामना । यसपटक यस्तै भयो, अर्को पटक घरबाट पनि अनि मनका सबै डरबाट पनि खुलेर निस्किन सकौँ। भन्दै तस्बिर राखेकी छन् ।

र अभिनेत्री रेखा थापाले पनि सरल तस्बिर सेयर गर्दै, आफ्नो स्वास्थ्यको ख्याल राखौँ। सुरक्षित रहौं । सचेत रहौँ।
हरितालिका तिजको अवसरमा सम्पूर्ण दिदी बहिनिहरु लाई शुभकामना । यसपालिको तिज पर्व सामुहिक रुपमा मनाउन नपाए पनि हामी सबैको आस्था र विश्वाश कमजोर छैन । महामारी सन्त्रासको यो समयमा हामी सबैले सुरक्षित र साबधानी साथ तिज मनाउने छौ र अर्को साल हामी भब्य रुपमा एकसाथ तिज मनाउला । सबैको सुस्वास्थ्यको कामना । भनेकी छन् ।

त्यस्तै हेरौँ अभिनेत्री करिष्मा मानन्धर, रिमा विश्वकर्मा, वर्षा सिवाकोटी लगायतका तीज तस्बिरमा ।

स्रोत : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस !