नेपाल पत्रकार महासंघका सबै कार्य समितिको कार्यकाल ६ महिना थप

काठकमाडौं । नेपाल मत्रकार महासंघका सबै तहका कार्यसमितिको कार्यकाल ६ महिना थपिएको छ । भदौ ५ गते सकिनै लागेको ३ वर्षे कार्यकाल कोरोना महामारीका कारण तत्काल महाधिवेशन गर्न सम्भव नभएकोले फागुनसम्मका लागि जिल्ला, प्रदेश र केन्द्र तहका सबै कार्यसमितको कार्यकाल थपिएको हो ।

बुधबार पत्रकार महासंघको राष्ट्रिय भेलाले महासंघको विधान अनुसार कार्यकाल छ महिना थपिएको निर्णय गरेको हो । यस्तै भेलाले महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भदौ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

महासंघले मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने, २०७७ फागनु ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ ।

यस्तै २०७७ सालको सदस्यता शुल्क छुट दिने निर्णय पनि भेलाले गरेको छ ।