कोरोना रोक्न चितवन सहीत ३९ जिल्लामा निषेधाज्ञा जारी (निषेधाज्ञा लगाइएका जिल्लाहरु)

काठमाडौं, भदौं १ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि ७७ जिल्लामध्ये ३९ जिल्लामा निषेधाज्ञा लगाइएको छ । संघीय सरकारले स्थानीय तह र प्रशासनलाई दिएको अधिकारअनुसार हालसम्म ३९ जिल्लामा पुर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएको हो ।
गृह मन्त्रालयका अनुसार केही जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ भने केहीमा आंशिक निषेधाज्ञा लगाइएको हो । संक्रामक रोग निर्मूल गर्न आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिने सरकारले नीतिगत व्यवस्था गरेसँगै जिल्ला प्रशासन कार्यालयहरुले अवस्था हेरेर निषेधाज्ञा लगाएका हुन । अवस्था हेरेर अत्यावश्यक सेवा बन्द गर्नेदेखि यातायात सञ्चाल रोक लगाउनेसम्मका काम निषेधाज्ञामा गरिएको छ ।

यी हुन निषेधाज्ञा लगाइएका जिल्ला

झापा

मोरङ
सुनसरी
सप्तरी
धनुषा
नुवाकोट
महोत्तरी
सर्लाही
स्याङ्जा
सिरहा
बर्दिया
बझाङ
बाँके
दार्चुला
कञ्चनपुर
काठमाडौं
ललितपुर
भक्तपुर

रामेछाप
रौतहट
रुपन्देही
कैलाली
मकवानपुर
कपिलवस्तु
धादिङ
रुकुम पश्चिम
धनकुटा
तनहुँ
उदयपुर
सुर्खेत
चितवन
नवलपरासी पश्चिम
सिन्धुपाल्चोक
बाग्लुङ
गोरखा
बारा
पर्सा
जुम्ला
पाल्पा