
चितवन, साउन । आज (शनिबार) विहानैदेखि नारायणी नदीमा पानीको बहाब बढ्दै गएको छ । नारायणी नदीको सतहले आज सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार देवघाट र नारायणगढ क्षेत्रमा पानीको बहाब बढेको छ । यी क्षेत्रमा नदीको सतह बढेर खतराको तहतर्फ उन्मुख भएको छ । अहिले देवघाट क्षेत्रमा पानीको सतह ७.५ मिटर पुगेको छ । यस क्षेत्रमा नदीको सतह ७.३ मिटर नाघेमा सतर्कता तह पार गरेको मानिन्छ । ८ मिटरलाई खतराको तह मानिन्छ ।
नारायणी नदीमा पानीको बहाब बढ्दा चितवनको पश्चिम क्षेत्र बढी डुबानमा पर्ने गरेको छ ।