राष्ट्रिय जनता पार्टी (राजपा) चितवनद्वारा ३ जना नेतालाई कारवाही

चितवन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) चितवनले आफ्ना ३ जना जिल्ला तहका नेतालाई कारवाही गरेको जनाएको छ । राजपा चितवन जिल्ला उपाध्यक्ष एलिमा मिया, क्षेत्रीय अध्यक्ष हिरालाल थिङ र युवा संघका जिल्ला उपाध्यक्ष दिपक तमाङ (नवीन) लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको छ ।

राजपाको विधि विधान र पार्टीको क्षेत्राधिकार बाहिर गएर पार्टीलाई आँच आउने कार्य गरेकाले उनीहरुलाई कारवाही गर्नुपरेको पार्टीका जिल्ला अध्यक्ष प्रेमकुमार श्रेष्ठ र सचिव खुसीलाल थिङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।