चितवनमा कोरोना: भरतपुर अस्पतालको आकस्मिक कक्ष अनिश्चितकालका लागि सिल

चितवन ।भरतपुर अस्पतालको आकस्मिक कक्षमा सिल गरिएको छ । भरतपुर अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष नै सिल गरिएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी केही दिनयता लगातार आकस्मिक कक्षमा काम गर्दै आएकी थिइन् । इमर्जेन्सीमा रहेका बिरामीलाई अन्यत्र सारेर सिल गरिएको सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

आज साँझ ८ बजेदेखिअर्को सुचना जारी नभएसम्मका लागि आकस्मिक कक्षको सेवा बन्द गरिएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ ।