चितवनको कालिकामा मोटर साइकलको ठक्करबाट बृद्धको मृत्यु 

चितवन । कालिका नगरपालिका-६, खोलेसिमल, नगरपालिका कार्यालय नजिकै मोटर साइकलको ठक्करबाट आज बिहान ९:३० बजे १ बृद्धको ज्यान गएको छ । सडकमा पैदल हिंडिरहेका कालिका-२ पदमपुरका ७० वर्षिय बम्बर जन्नु महतोको मोटर साइकलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । वृद्धलाई ठक्कर दिने ना ३८ प ४२४९ नम्बरको पल्सर मोटर साइकलका चालक कालिका-६, सुर्यपुरका २१ वर्षिय सुजन तामाङ पनि घाइते भएका छन । उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवनका प्रहरी प्रबक्ता ( डिएसपी) सुर्य थापाले जानकारी दिनु भयो । मृतक महतोको सव पोस्ट मार्टमको लागि सरकारी अस्पताल भरतपुरमा लगिएको थापाले जानकारी दिनु भयो ।