सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो: ८ जना वेपत्ता, एक जनाको उद्धार

काठमाडौँ,  साउन १९ । आइतवार रात भएर भएको अविर वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो पुरिएर ८ जना वेपत्ता भएका छन् । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् ।

उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मध्ये एक जना जिवितै रहेको र अन्य ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउने काम जारी रहे पनि उनलाई अहिलेसम्म निकाल्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये २ जना भारतीय र ७ जना विराटनगरका नागरिक रहेको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीलगायत स्थानीयको टोलीले उद्धार जारी राखेका छन् । file photo