कालिकाको खोलेसिमलमा निशुल्क स्वास्थ शिविर 

चितवन । न्यु अधिकारी उपचार क्लिनिक कालिका-६ खोलेसिमलको आयोजनामा  निशुल्क स्वास्थ शिविर भएको छ । सो शिबिरमा सुगर,प्रेसर, थाइराइड , छाती,मुटु, पेट लगाएतका बिरामी हरुको निशुल्क परिक्षण गरि औसधी समेत वितरण गरिएको थियो । साथै बिरामीहरुको सुगर परिक्षण समेत निशुल्क गरिएको क्लिनिकका संचालक बुद्धि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
आज क्लिनिक परिसरमा भएको सो शिबिरमा ७२ जना बिरामीको स्वास्थ परिक्षण गरिएको थियो । शिबिरमा भरतपुर सामुदायिक अस्पतालका बरिस्ठ फिजिसियन डा. महेन्द्र कुमार अग्रहरी र देव हस्पिटलका फिजिसियन डा. शुरेस श्रेष्ठले बिरामीको स्वास्थ परिक्षण गर्नु भएको थियोे ।
 
साथै सो क्लिनिकमा नयाँ ब्यबस्थापन सहित हरेक दिन ल्याब सेवा तथा चिकित्सकको सेवा समेत उपलब्ध हुने न्यु अधिकारी उपचार क्लिनिकका संचालक बुद्धि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।