आज बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले दिनुभएको जानकारी अनुसार पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकोले आज निर्धारित बैठक स्थगित गरिएको हो ।

पटक पटक सरिरहेको नेकपा स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।

अध्यक्षद्वय बीच परामर्श भएपश्चात बैठकको सूचना दिइने नेकपाका कार्यलय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले जानकारी दिनुभयो ।