
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ३ जना प्रहरीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा असई शालिकराम पौडेल, प्रहरी जवानद्वय खड्ग बहादुर बिष्ट र सिद्दराज शर्मा रहेका छन् । पौडेललाई भाग्दै गरेको अपराधीलाई पक्रन सफल भएकोले पुरस्कृत गरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिनु भयो ।


पौडेलले साउन २ गते पशुपंक्षी ओसार-पसारमा संलग्न एक अपराधीलाई भाग्दै गरेको अवस्थामा पुर्वी चितवनको खोलेसिमलबाट पक्राउ गरेका थिए । यस्तै प्रहरी जवानद्वय बिष्ट र शर्माले नारायणी नदीले बगाएकी एक महिलाको जिवितै उद्दार गरेका थिए ।
